arrow

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिका-८ कविलासीस्थित सडकमा म.प्र.०२-००६ प ७०७ नम्बरको मोटरसाइकलले साइकलमा सवार स्थानीय ६५ वर्षीय राम नरेश महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ