arrow

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन-जी मुभमेन्टको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
gauribahadur-karki-aayog-genz-received.jpg

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले गत भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा संगठनले जोड दिएको हो।

प्रतिवेदन सार्वजनिक नगरिएसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने संगठनको ठहर छ। पारदर्शिता र उत्तरदायित्वको मुद्दा उठाउँदै आएको आन्दोलनको प्रतिवेदन गोप्य राख्नु पूर्ण रूपमा अस्वीकार्य हुने र दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउनु जनभावना तथा लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने संगठनले बताएको छ।

जेन्जी मुभमेन्टले आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेको छ। आफ्नो मागप्रति दबाब सिर्जना गर्न आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएको छ भने देशभर एकैसाथ विरोधमा उत्रन सर्वसाधारणलाई अपिल समेत गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ