arrow

चुनावमा हारको कारण खोज्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाउन बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
uml-cpn.jpg
तस्बिर : फाइल

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ । 

दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । 

निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।  

अध्यक्ष ओली यतिबेला पितृशोकमा छन् । उनका पिताको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ