‘अर्थतन्त्र प्रतिस्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यक’ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
650
Shares
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने बताएका छन्।
उच्च भन्सार दर घटाउनुपर्नेमा पनि जोड दिँदै अध्यक्ष अग्रवालले भने - दक्षिण एशियाका अन्य देशमा जीडीपीमा कर अनुपात १३-१४ प्रतिशत छ भने नेपालमा १९.९ प्रतिशत पुगेको छ, जसले लगानी र व्यापारमा प्रतिष्पर्धी वातावरण बनाएको छैन।
उनले विगतको राजनीतिक अस्थिरताका कारण अर्थनीतिमा स्थायित्व नआएको, नियामक निकायको संकुचित मौद्रिक नीतिले विगत चार वर्ष अर्थतन्त्र शिथिल भएको र हालै अर्थमन्त्रीको सहकार्यमा केही सुधार भए पनि अझै पर्याप्त नभएको बताए। ८० प्रतिशतभन्दा बढी लगानी निजी क्षेत्रमा रहेकोले नीतिगत परिवर्तनको प्रभाव बढी निजी क्षेत्रमा पर्ने उनको भनाइ छ।
अग्रवालले नयाँ नीतिहरू लागू गर्नुअघि ‘रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट’ अनिवार्य गर्नुपर्ने र पर्यटन तथा सूचना प्रविधि जस्ता ‘वेटलेस र बोर्डरलेस’ व्यापार प्रवर्द्धन गर्न लगानीमैत्री नीतिहरट्ठ आवश्यक रहेको समेत औँल्याए।
उनले भूतपूर्व कर नीतिका कारण निजी क्षेत्रले ठूलो अप्ठ्यारो भोगेको, नयाँ अडिट प्रणाली प्रभावकारी नभएको र भन्सारको अनलाइन मूल्याङ्कन प्रणालीमा कमजोरी रहेको भन्दै तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।
निर्वाचन परिणामपछि निजी क्षेत्र उत्साहित भएको र लगानी गर्न आतुर रहेको अध्यक्ष अग्रवालले बताए ।