arrow

ऊर्जा संकटको डर: चीनले रोक्न थाल्यो इन्धन निर्यात

विश्व बजारमा तेलको मूल्य एक सय डलर पार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
china-infulence-flag-2025.jpg

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा बजारमा हलचल मच्चिएपछि चीनले आफ्नो ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै परिष्कृत तेल (पेट्रोल, डिजेल र जेट इन्धन) को निर्यातमा कडाइ गर्न थालेको छ। ब्लुमबर्ग न्युजका अनुसार बेइजिङले आफ्ना रिफाइनरीहरूलाई विदेश पठाउने तेलको परिमाण सीमित गर्न निर्देशन दिएको छ, जसका कारण पहिले नै तय भइसकेका केही निर्यात कार्गोहरू समेत रद्द हुन थालेका छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र र कच्चा तेलको प्रमुख आयातकर्ता चीनले गत वर्ष मात्रै करिब ५ करोड ८० लाख टन रिफाइन्ड तेल निर्यात गरेको थियो। तर इरान, अमेरिका र इजरायलबीचको तनावले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेपछि चीनले घरेलु आपूर्ति सुनिश्चित गर्न निर्यातमा अंकुश लगाएको हो। चीनको विदेश मन्त्रालयले यसबारे औपचारिक पुष्टि नगरे पनि ऊर्जा सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने स्पष्ट पारेको छ।

मध्यपूर्वबाट हुने तेल आपूर्तिको प्रमुख नाका 'होर्मुज जलडमरूमध्य' बन्दजस्तै अवस्थामा पुगेपछि चीनले आफ्नो रणनीतिक भण्डारमा विशेष ध्यान दिएको छ। चीनले समुद्री मार्गबाट आयात गर्ने आधाभन्दा बढी तेल मध्यपूर्वबाटै आउने गर्दछ। विश्लेषकहरूका अनुसार चीनसँग करिब १ अर्ब २० करोड ब्यारेल कच्चा तेलको भण्डार छ, जुन करिब ११५ दिनको आयात धान्न पर्याप्त मानिन्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजार सन्तुलनका लागि रणनीतिक भण्डार खोल्ने तयारी गरे पनि चीन त्यसको पूर्ण सदस्य नभएकाले आफ्नै रणनीतिअनुसार अघि बढेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ