arrow

देशभर बदली र तुवाँलोको प्रभाव: पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले मौसममा बदलाब आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराई र उपत्यकाका केही स्थानमा बाक्लो तुवाँलो लागेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा मधेश, बागमती र लुम्बिनीका तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराई र उपत्यकामा लागेको तुवाँलोका कारण दृश्यांश कम हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ