arrow

समानुपातिकमा ६० लाख ८१ हजार मत गनियो, रास्वपालाई २८ लाख ८० हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
samanupatik-vote-81-11-24.jpg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको उच्च सिट जित्दा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ । 

अहिलेसम्म ६० लाख ८१ हजार ३८३ सदर मत गणना हुँदा रास्वपाले २९ लाख ८० हजार ३८२ मत प्राप्त गरेको छ । 

नेपाली कांग्रेसले १० लाख २२९ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ८ लाख ६३ हजार २७ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले ४ लाख १७ हजार ६५१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख १३ हजार ७२४ मत पाएको छ । 

श्रम संस्कृति पार्टीले १ लाख ६५ हजार ७९० मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले ८१ हजार ३२६ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले ६९ हजार ४३५ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ