arrow

अजयशङ्करलाई २८ हजार मतान्तरले हराउँदै सिरहा ४ मा रास्वपाका तपेश्वर निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
tapendra-yadhav.jpg

काठमाडौँ । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत शिव वाग्लेका अनुसार यादवले ३६ हजार २१० मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता अजयशङ्कर नायकलाई २८ हजार २३८ को विशाल मतान्तरले पराजित गरेका छन्।

पराजित भएका अजयशङ्कर नायकले ७ हजार ९७२ मत प्राप्त गरेका छन्। यस्तै, जनमत पार्टीका उम्मेदवार डा. वीरेन्द्रप्रसाद महतो ५ हजार ४१ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने नेकपा (एमाले) का धर्मनाथ साहले ४ हजार २२७ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाएका छन्। सिरहाको यो क्षेत्रमा स्थापित र 'हेभीवेट' मानिने नेताहरूलाई निकै पछाडि पार्दै रास्वपाका यादवले निकालेको यो नतिजालाई मधेसको राजनीतिमा एउटा ठूलो राजनीतिक 'कू' का रूपमा हेरिएको छ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख ६ हजार ६८६ मतदाता रहेकामा ७० हजार ७७ मत खसेको थियो। ३७ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेको यस क्षेत्रमा रास्वपाका तपेश्वर यादवले प्राप्त गरेको मत अन्य प्रमुख तीन दलका उम्मेदवारहरूको कुल योगभन्दा पनि झण्डै दोब्बर रहेको छ। यसले सिरहामा पुराना दलहरूको पकड पूर्ण रूपमा भत्किएको संकेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ