arrow

हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
jayapati-roka.jpg

काठमाडौँ । प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रोकायाले ८ हजार ७९६ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका डा. दिपेन्द्र रोकायालाई १ हजार ५५३ मतान्तरले पराजित गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) का दल फडेराले ४ हजार ३३१ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की टासी ल्हाजोमले १ हजार मत पाएकी छन्। यसैगरी, प्रलोपाका जटिल कार्कीले २४८, नेकपा (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छक्क बुढाले १२४ मत प्राप्त गरेका छन्।

हुम्लाका ६४ वटा मतदान केन्द्रमा कुल २२ हजार ४६७ मत खसेको थियो। विकट हिमाली जिल्ला हुम्लामा यसपटक कांग्रेसले आफ्नो पकड जमाउन सफल भएको छ। यो जितसँगै कर्णाली प्रदेशमा कांग्रेसले अर्को एक सिट थपेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ