arrow

सर्लाही १ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
nitima-bhandari.jpg

काठमाडौँ। सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार कार्कीले ४४ हजार १८१ मत प्राप्त गरी सानदार जित हासिल गरेकी हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ३६ हजार ३१० को विशाल मतान्तरले पराजित गर्दै सर्लाहीमा नयाँ इतिहास रचेकी छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा (एमाले) का मनोजकुमार देवकोटाले ६ हजार १०१ मत, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८ मत र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत पाएका छन्।

यस क्षेत्रमा कुल ७९ हजार २०७ मत खसेको थियो। मधेसका पुराना र स्थापित शक्तिहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै रास्वपाकी महिला उम्मेदवार नीतिमा कार्कीले निकालेको यो नतिजालाई सर्लाहीको राजनीतिमा 'युग परिवर्तन' को रूपमा हेरिएको छ। अहिले मलङ्गवा र आसपासका क्षेत्रमा समर्थकहरूले 'घण्टी' बजाउँदै विजय जुलुस निकालिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ