काठमाडौँ ९ मा 'घण्टी' को लहर, उपसभापति अर्याल ३० हजार मतान्तरले विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
730
Shares
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी अर्याल) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रास्वपाका उपसभापति एवं संघीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार अर्यालले कुल ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत मात्र पाएकी छिन्। अर्याल र बास्तोलाबीचको मतान्तर २९ हजार ६३३ रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत पाएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले १ हजार ४५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले १ हजार ३२८ मत प्राप्त गरेका छन्। बिहीबार सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। काठमाडौँको यो नतिजाले रास्वपाको बढ्दो प्रभावलाई थप पुष्टि गरेको छ।