arrow

तीन हिमाली जिल्लाको मतपत्र ढुवानीमा मौसम बाधक, स्याङ्जा र धनुषामा गणना शुरु गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-falgun2102082-1.jpg

काठमाडौँ। हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न अझै बाँकी रहेको छ। खराब मौसमका कारण सङ्खुवासभा, डोल्पा र गोरखाका विकट हिमाली भेगका मतदान केन्द्रबाट मतपत्र ल्याउन नसकिएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले दिएको जानकारीअनुसार ती क्षेत्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भए पनि बिहीबार बेलुकीदेखि नै मौसम बिग्रिएकाले सम्भव हुन सकेको छैन। मौसमले साथ दिएमा आजै ती मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने तयारी भइरहेको छ। मतपत्र ढुवानी सकिएलगत्तै ती तीनै जिल्लाको मतगणना शुरु हुनेछ।

यता रसुवा, दोलखा, रुकुम पूर्व, बाजुरा, बझाङ, हुम्ला, ताप्लेजुङ, मनाङ, मुस्ताङ, रुकुम पश्चिम, सोलुखुम्बु र मुगुका हिमाली भेगका मतपत्र भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेका छन्।

यसैबीच, निर्वाचन आयोगले स्याङ्जा, दोलखा र धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना कानुनअनुसार अघि बढाउन निर्देशन दिएको छ। विशेषगरी धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) मा खसेको मतलाई छुट्टै राखेर गणना कार्य अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ