रास्वपाले खोल्यो खाता, काठमाडौँ १ मा रञ्जु दर्शना विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1k
Shares
काठमाडौँ । रास्वपाले प्रतिनिधि निर्वाचनमा जितको खाता खोलेको छ । रास्वपाले काठमाडौँ १ बाट जितको खाता खोलेको हो ।
रास्वपाकी रञ्जु दर्शना न्यौपानेले जित हासिल गरेकी हुन् । उनले १५ हजार ४५५ मत ल्याइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए ।
राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मतमात्र प्राप्त गरे ।
यो क्षेत्रमा यसअघि कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । राप्रपाका मिश्रभन्दा झिनो मतले उनी विजयी भएका थिए । तर यसपालि मिश्र पनि नराम्ररी पछारिएका छन् ।