सुर्खेत । कालिकोटमा नेकपाका उम्मेद्वार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। दुई पालिका परै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मतगणना गर्दा नेकपाका उम्मेद्वार शाहीले अग्रता लिएका छन् ।
शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन् ।
उनले दुई हजार एक सय ६५ मत पाएका छन् । एक हजार नौ सय ९६ मतसहित नेपाली कांग्रेसका हर्षबहादुर बम तेस्रो स्थानमा छन् ।
नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड चौथो स्थानमा छन् ।