arrow

काठमाडौँ १ र ४ मा रास्वपाको सुरुवाती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg
फाइल तस्बिर

काठमाडौँ। काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ को सुरुवाती मतगणनाको परिणाम आएको छ। काठमाडौँ क्षेत्र नं १ मा १५२४ मत गन्दा घण्टीले ७०४ मत ल्याएको भने रुखले पछ्याइरहेको छ। रुखले ४०२ मत ल्याएको छ। हलो तेस्रोमा छ। हलोको २४१ मत छ। सूर्य ९२ मतका साथ चौथो स्थानमा छ।

काठमाडौँ १ मा रास्वपा बाट रञ्जु दर्शना उम्मेदवार छिन् भने काङ्ग्रेसबाट प्रबल थापा चुनावी मैदानमा छन्। यसै गरी राप्रपाबाट रवीन्द्र मिश्र उम्मेदवार छन्। 

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन्।

बुढानीलकण्ठ नगरपालिका १ को मतगणना गर्दा दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई छन्। उनले २७३ मत ल्याएका छन्। त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत ल्याएर तेस्रो स्थानमा छन्।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ