arrow

भक्तपुरमा दुवै क्षेत्रमा मध्यरातिबाट मतगणना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
Counting_hamrakura-5.jpg.jpeg
तस्बिर : फाइल

भक्तपुर। प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ।

भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२:३० बजेदेखि मतगणना सुरु भएको हो। भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७८ हजार २७२ मत अर्थात् ७३.११ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।

त्यस्तै, भक्तपुर क्षेत्र नं १ मा आज राति १ बजेदेखि मतगणना सुरु भएको हो। मध्यपुरथिमि नगरपालिका सिन्टीटारस्थित कृषि विकास बैङ्कको तालिम हलमा भएका मतगणना राति १:०० बजे सुरु भएको हो। निर्वाचन क्षेत्र नं २ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७१ हजार ९९६ मत अर्थात् ७१.४६ प्रतिशत मत खसेको बिसीले जानकारी दिए। दुवै क्षेत्रको प्रारम्भिक मत परिणाम भने सार्वजनिक भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ