काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। रास्वपाका विराजभक्त श्रेष्ठले १७ सय १५ मत प्राप्त गरेका छन् । एमालेका राजु शाक्यले ११५ मत पाएका छन् । काँग्रेसकी सपनाराज भण्डारीले २०७ मत पाउँदा नेकपाका सुमन सायमीले १५४ मत पाएका छन् । दुई हजार ४७८ मतगणना भएको छ । ५७ मत बदर भएको छ ।
त्यसै गरी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रदीप विष्टले सुरुआती अग्रता लिएका छन् । जारी मतगणनाअनुसार विष्टले १२४६ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २४७ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार विनोद श्रेष्ठले १६८ मत ल्याएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रुपा महर्जनले २८ मत ल्याइन् । हाल मतगणना जारी छ ।