काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपालका उम्मेदवार कुलमान घिसिङले सुरुआती अग्रता बनाएका छन्। जारी मतगणनाअनुसार कुलमानले १०४१ मत ल्याएका छन्। गोकर्णेश्वर नगरपालिका–१ को पाँच बुथको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले पछ्याइरहेका छन्। पाण्डेले ७४८ मत ल्याएका छन्।
नेपाली काँग्रेसका उम्मेदवार रमेश अर्यालले २९८ मत। नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले २७९ मत ल्याएका छन्।
नेकपाका उम्मेदवार निरज लामाले ३५ मत र राप्रपाका सुन्दरराम बोहोराले १६ मत ल्याएका छन्।