arrow

काठमाडौँ–१ को मतगणना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
vote-counting-kathmandu-1-march-2026.jpg
तस्बिर : फाइल

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ। केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो।

सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार मतगणना सुरु भएको छ। यस्तै, काठमाडौँ क्षेत्र नं ३ र १० को पनि मतगणना सुरु भएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन्। निर्वाचन कार्यालयले काठमाडौँको सबै क्षेत्रको मतगणना आजै सुरु गर्ने यसअघि नै जानकारी दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ