टक्सार। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला भोजपुरमा मतदान सकिएको छ। शान्तिपूर्णरुपमा मतदान सकिएपछि मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भई रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए।
भोजपुरमा कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना रहेकोमा करिव ४४ प्रतिशत मतदान भएको छ। मतपेटिका जम्मा भइसकेपछि सर्वदलिय बैठकपछि मतगणना सुरु गरिने भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले जानकारी दिए। उनले शुक्रवार बिहानसम्ममा सबै मतपेटिका सङ्कलन भइसक्ने र सोपश्चात वैठक राखेर मतगणना सुरु गरिने जानकारी दिए।
जिल्लाको ८७ वटा मतदान केन्द्रको दुई अस्थायीसहित १६१ वटै मतदान केन्द्रमा निर्वाचन भएको थियो। अहिले गणनास्थल भोजपुर नगरपालिकामा मतपेटिकाहरु ल्याउन सुरु भएको छ।