arrow

विश्वकप सेमिफाइनल: भारत र इङ्ल्याण्ड मैदानमा

टस जितेर इङ्ल्याण्डले लियो बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
abhishekh-suryakumar-cricket-india-t20.jpg

काठमाडौँ ।  । ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्याण्डले पहिले बलिङ गरिरहेको छ । 

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा  भएको टसमा इङ्ल्याण्डका कप्तान ह्यारी ब्रुकले टस जितेर घरेलु टोली भारतलाई पहिले ब्याटिङको निम्तो दिए।

हालसम्म भारतले ३ ओभरमा १ विकेटको क्षतिमा ३४ रन बनाएको छ । वानखेडेको पीच ब्याटिङका लागि सहयोगी मानिने भएकाले भारतले ठूलो योगफल तयार पार्ने लक्ष्य राखेको छ।

इङ्ल्याण्डको प्लेइङ–११ मा कप्तान ह्यारी ब्रुक, फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र आदिल राशिद छन्।

त्यसैगरी भारतको प्लेइङ–११ मा कप्तान सूर्यकुमार यादव, अभिषेक शर्मा, सन्जु स्यामसन, ईशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रित बुमराह छन्।

आजको विजेता टोलीले विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ