arrow

टी–२० विश्वकपको सेमिफाइनलमा भारत र इङ्गल्याण्ड भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
t20-wc-ind-26-3-.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बेलुकी भारत र इङ्गल्याण्ड भिड्दै छन् । खेल भारतको मुम्बईस्थित वानखेडेको मैदानमा हुँदैछ । खेल सवा ७ बजेदेखि शुरू हुँदैछ ।

दुवै टिम दुई पटकका विजेता हुन् । यो खेलको विजेताले फाइनलमा न्यूजिल्याण्डको सामना गर्नेछ । बुधबार राति भारतको कोलकातास्थित इडेन गार्डेनको मैदानमा भएको खेलमा न्यूजिल्याण्ड ९ विकेटले विजयी भएको हो । 

१७० रनको लक्ष्य न्यूजिल्याण्डले १२ ओभर ५ बलमै १ विकेटको क्षतिमा पूरा गर्यो । 

फिन एलनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमा अविजित रहँदै १०० रन जोडे । उनले सबैभन्दा कम बलमा शतक बनाएका हुन् । 

उनले टी–२० मा सन् २०१६ मा इङ्गल्याण्डविरुद्ध वेष्ट इन्डिजका क्रिस गेलले ४७ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । 

टी–२० मा भने २७ बलमै शतक बनाउने एस्टोनियाका साहिल चौहान हुन् । उनले सन् २०२४ मा साइप्रसविरुद्ध उक्त कीर्तिमान बनाएका थिए । 

त्यस्तै टर्किएका मुहम्मद फहादले सन् २०२५ मा बुल्गेरियाविरुद्ध २९ बलमा शतक बनाएका थिए । 


३३ बलमै शतक बनाउने नामिबियाका जैन निकोल लफ्टी इटनले नेपालविरुद्ध सन् २०२४ मा र जिम्बाब्वेका सिकन्दर रजाले २०२४ मा बनाएका थिए । 

एलनले ८ छक्का र १० चौकाको मद्धतले विश्वकपमा ३३ बलमा अविजित रहँदै शतक बनाएका हुन् । विश्वकपको नकआउट भिडन्तमा अविजित सबैभन्दा बढी रन बनाउने कीर्तिमान पनि एलनकै नाममा छ ।

यसअघि सन् २००९ मा सेमिफाइनलमा श्रीलंकाका तिलकरत्ने दिलशानले सेमिफाइनलमा अविजित ९६ रन बनाएका थिए । त्यस्तै टिम सेफर्डले ३३ बलमा ५८ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनायो । ७७ रन जोड्दा ५ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका लागि मार्को जासेनले ३० बलमा अविजित रहँदै ५६ तथा डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन बनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ