arrow

रसुवाका ५७ केन्द्रमा मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
Rasuwa-hamrakura.jpeg

काठमाडौँ । रसुवा जिल्लामा आज बिहान ७:०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य उत्साहजनक रूपमा अघि बढेको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार जिल्लाका सबै ५७ वटा मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। रसुवामा यसपटक कुल ४१ हजार ४७१ जना मतदाताहरू रहेका छन्।

सदरमुकाम धुञ्चेस्थित रसुवा माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ११:०० बजेसम्म २३१ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। यसैबीच, कैदीबन्दीहरूका लागि कारागारमा स्थापना गरिएको विशेष मतदान केन्द्रमा भने मतदान कार्य सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लाका हिमाली र दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा समेत मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले हालसम्म कुनै पनि अप्रिय घटना नभएको र मतदान कार्य सुचारु रूपमा अघि बढिरहेको जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ