-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेद्वार मनिष झाले मतदान गरेका छन् ।
झाले जनकपुरधाम उपमहानगरपालिका वडा नं १ स्थित रेल्वे स्टेसन मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
धनुषा-३ मा यस पटक रास्वपा र अन्य दलका उम्मेद्वारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
आज बिहान ७ बजेदेखि नै जनकपुरधामका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।