निर्वाचनपछि देश समृद्धिको मार्गमा लाग्ने प्रचण्डको विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
541
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले आज बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कूल (नेपाल पुलिस स्कुल) मतदान केन्द्र 'क' बाट आफ्नो मताधिकार प्रयोग गरे।
मतदान गरिसकेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले राष्ट्र र जनताको पक्षमा निष्ठापूर्वक काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू पूर्ण रूपमा ढुक्क रहेको बताए। उनले मुलुकको विकास र समृद्धिको यात्रा सुनिश्चित गर्न यो निर्वाचन अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे।
दाहालले आम मतदाताहरूलाई लोकतन्त्रको यो उत्सवमा उत्साहका साथ सहभागी हुन र आफ्नो अमूल्य मत खसाल्न हार्दिक आग्रह समेत गरे। शान्तिपूर्ण रूपमा मतदान भइरहेको यस केन्द्रमा प्रचण्डको उपस्थितिले मतदाताहरूमा थप उत्साह थपेको देखिएको छ।