arrow

इरानलाई ध्वस्त पारेर छाड्ने ट्रम्पको चाहना, वार्ता नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
iran-israel-lebanon-war-26-3-3.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नगर्ने बताएका छन् । उनले वार्ताका लागि ढिला भइसकेको भन्दै इरानको रक्षा प्रणाली ध्वस्त भएको बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, 'इरान वार्ता चाहन्छ तर धेरै ढिलो भइसकेको छ ।'

सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले इरानको रक्षा प्रणाली र नेतृत्व लगभग नष्ट भएको दाबी गरे । ट्रम्पले इरानको वायु रक्षा, वायु सेना र नौसेना ध्वस्त भएको बताएका थिए । यद्यपि, यसअघि आइतबार ट्रम्पले इरानी नेताहरूसँग कुरा गर्न तयार रहेको बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ