मतदाता र जेन-जी आन्दोलनको म्यान्डेट पूरा गर्न दृढ काठमाडौँ ८ बाट सपना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
827
Shares
काठमाडौँ । सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र ८ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छिन् । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी राजभण्डारी यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । २०२३ सालमा काठमाडौँको नार्गाजुनमा जन्मिएकी राजभण्डारीले विद्यार्थी हुँदादेखि नै राजनीतिक यात्रा शुरू गरेकी हुन् ।
नेता जोशीसँग वैवाहिक जीवनमा गाँसिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी राजभण्डारी पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् । जोशी सोही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उनी क्षेत्र र पार्टीभित्र लोकप्रिय थिए ।
श्रीमान् सक्रिय राजनीतिमा रहेका बेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेकी राजभण्डारी पछिल्लो समयमा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छिन् । २०७७ साल १३ चैत मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उनलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारी, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताएको बताएकी छिन् ।
दोस्रो पटक सोही क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेकी राजभण्डारीले यस पटकको चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिसहित प्रचारप्रसारमा छिन् । अहिलेको अवस्था हेर्दा चुनावी राजभण्डारीको पक्षमा देखिन्छ । मतदाताका अपेक्षाहरु धेरै हुन्छन् । तर यस क्षेत्रका मतदाताको ठूला अपेक्षा छैनन् । त्यसका लागि उनी निर्वाचित भइन् भने राम्रो हुनेछ भन्नेमा सबै जना आशावादी रहेको उनी दाबी गर्छिन् ।
राजभण्डारीले यस पटकको चुनावी ऐजेण्डामा भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर तत्कालको आवश्यकता भनेको जेन-जी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु रहेको छ ।
पुराना पार्टीका व्यक्तिहरु पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना थियो । त्यहीअनुरूप कांग्रेस सच्चिएर आएको छ । इमान्दार व्यक्तिहरु आउनुपर्छ भन्ने मतदाताको इच्छा छ । नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले आमनागरिकले कांग्रेसलाई हेर्ने दृष्टिकोण बदलिएको छ । त्यसैले यस क्षेत्रमा नेपाली कांग्रेसप्रति मतदाता धेरै उत्साहित छन् ।
काठमाडौँका अधिकांश तहमा कांग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात् नगरपालिकाले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताको ठूलो अपेक्षा नभएको उनीको बुझाई रहेको छ ।
केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका जनताको माग सम्बोधन गर्न आवश्यक छ । राजभण्डारीले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएकी थिइन् ।
राजभण्डारीको चुनावी ऐजेण्डामा बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकले दुःख पाइरहेकाले त्यसको सुधारका प्राथमिकता दिने उल्लेख छ ।
बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्नेछ ।
साथै उनको चुनावी एजेण्डामा काठमाडौँ उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यकता रहेकाले विद्यालयस्तरमै सचेतना कार्यक्रम गरिनेछ । यसअघिको संसदमा राजभण्डारीले यही मुद्दा उठाउँदै आएकी थिइन् । जसको प्रभावले राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताको पहिचान गरेर रणनीतिकसहित चुनावमा होमिएकाले जित्ने निश्चित देखिएको छ ।
यो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात् नगरपालिकाले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताको ठूलो अपेक्षा नभएको उनीको बुझाई रहेको छ । केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका जनताको माग सम्बोधन गर्न आवश्यक छ । राजभण्डारीले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएकी थिइन् ।
राजभण्डारीको चुनावी ऐजेण्डामा बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकले दुःख पाइरहेकाले त्यसको सुधारका प्राथमिकता दिने उल्लेख छ । बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्नेछ ।
साथै उनको चुनावी एजेण्डामा काठमाडौं उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यकता रहेकाले विद्यालयस्तरमै सचेतना कार्यक्रम गरिनेछ । संसदमा उनले यो मुद्दा पनि उठाएकी थिइन् ।
जसको प्रभावले राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताको पहिचान गरेर रणनीतिकसहित चुनावमा होमिएकाले जित्ने निश्चित देखिएको छ ।