arrow

काठमाडौँमा सवारी चाप घट्दो, ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
myadi-trafic.jpg

काठमाडौँ। निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप घट्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए ।

उनले उपत्यकामा उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार हाल रहेको करिब ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर खटाइएको छ ।

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेषगरी मधेस, गण्डकी र कोशी प्रदेशमा पठाइएको उनले बताए । उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा खटाइएको सुवेदीले स्पष्ट पारे ।

उनले भने, ‘सवारी चाप घट्दै गइरहेको छ। हामीसँग भएको भ्याकलहरू अधिकतम् प्रयोग गर्ने तयारी गरेका छौँ । ८० प्रतिशत मेनपावर उपत्यका बाहिर पठाइएको छ। सहजताका लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौँ । ट्राफिक प्रहरीहरूलाई खासगरी मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशमा पठाइएको छ ।’

निर्वाचनका कारण सर्वसाधारण बाहिरिँदा उपत्यकाभित्र सवारी चापमा कमी देखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ