समाज बुझेका मानवशास्त्री गुरागाई काठमाडौँ ७ का विश्वासपात्र बन्दै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
824
Shares
काठमाडौँ । विद्यार्थी राजनीतिबाट उदाएका कर्मठ व्यक्ति हुन् प्रमोदहरि गुरागाई । तिनै गुरागाई अहिले काठमाडौँ क्षेत्र नम्बर ७ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी लिएर प्रतिस्पर्धामा छन् ।
निर्वाचनलाई नीति निर्माण र सामाजिक सन्तुलन जोगाउने निर्णायक अवसरका लागि उनी यस क्षेत्रको निर्विकल्प पात्र हन् । २०३१ साल पुस २७ गते काठमाडौँको धोवीचौर कशलेचौरमा जन्मिएका गुरागाई मानवशास्त्रमा स्नातकोत्तर हुन् । समाजशास्त्र अन्तर्गतको मानवशास्त्रमा १७ वर्ष अध्यापन गरेको अनुभवसहित राजनीतिमा आएका हुन् । उनले अमृत साइन्स क्याम्पसमा आएसी अध्ययनसँगै नेपाल विद्यार्थी संघबाट २०४५ सालदेखि राजनीति यात्रा शुरू गरेका हुन् ।
स्थानीय सम्पत्तिको प्रयोगमा नागरिकलाई सुलभ पहुँच दिनुपर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन् । नेपाल विद्यार्थी संघमा तीन पटक केन्द्रीय सदस्य रहिसकेको, पार्टीका विभिन्न नेतासँग केन्द्रीय समितिमा बसेर काम गरेको अनुभवी उम्मेदवारमा गुरागाई पर्छन् ।
केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध भई देशका ७२ जिल्ला पुगेर संगठन विस्तारमा काम गरेको अनुभव उनीसँग छ । साथै उनी नेपाल प्रेस युनियनको प्रतिबद्धता पत्र लेखन समितिमा सदस्यका रूपमा काम गरेको अनुभव पनि छ । नीतिगत समझदारी र राष्ट्रिय दृष्टिकोण आफूमा रहेको छ ।
आफ्नो जीवन पारदर्शी भएको दाबी गर्दै उनले अध्यापन पेशाबाट आर्जन गरेको आम्दानीमै जीवनयापन गरिरहेका छन् । यस क्षेत्रका लागि उनी जस्तो दीर्घकालीन सोच र तल्लो तहसम्म जनताका समस्यासँग नजिक रहेर काम उम्मेदवार हुन् ।
साथै उनी मानवशास्त्रमा अध्ययपन गराउने भएको हुँदा नीति निर्माण गर्दा सामाजिक,सांस्कृतिक तथा दीर्घकालीन प्रभावलाई गम्भीरतापूर्वक विश्लेषण गर्न सक्छन् । उनले निर्णय गर्नु अघि त्यसको तत्कालीन, अल्पकालीन र दीर्घकालीन प्रभाव के हुन्छ भन्ने कुरामा इमान्दार भएर काम गर्ने क्षेमता उनमा छ ।
चुनावी घरदैलोमा रहेका गुरागाईले यसपटक रुखमा मत हाल्न पाइन्छ भन्ने कुराले धेरै कांग्रेस परिवारमा नयाँ ऊर्जा भरेको अनुभव छ । बदलिएको कांग्रेसबाट उम्मेदवारी लिएर चुनावी प्रतिस्पर्धामा होमिएका गुरागाईंले यस सक्षेमा स्पष्ट दृष्टिकोण छ । यस क्षेत्रमा संगठनात्मक रूपमा ‘एक ढिक्का’ भएर चुनावी मैदानमा उत्रिएका छौँ ।
त्यसैले चुनाव जित्नका लागि कुनै समस्या छैन । कांग्रेसले यस पटक धेरै नयाँ र फेस्रलाई निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएकोमा जनतामा हामी प्रतिको लहर सकारात्मक देखिएको छ । मतदाताले उम्मेदवारको योग्यता, अनुभव र दीर्घकालीन सोचलाई ‘एक्स–रे’ दृष्टिले हेरेर निर्णय गर्नेमा आफु विश्वस्त रहेका छन् ।
उनी उम्मेदवार भएसँगै कांग्रेसमा आस्था राख्ने त छदैछन् । फरक विचार राख्ने आफन्त र छरछिमेकमा समेत हार्दिकता र विनयशीलता कायम गरेका छन । उनी विभिन्न जातजाति, भाषाभाषी र भौगोलिक विविधताले सम्पन्न नेपालको सामाजिक सन्तुलन बिगार्ने प्रयासप्रति सजग देखिन्छ । गुरागाईं चेतना र सामाजिक एकता जोगाउने विषय महत्वपूर्ण योगदान पुर्याएका छन । त्यसैले पनि काठमाडौं क्षेत्र नम्बर ७ का मतदातासँग गुरागाईलाई मतदान गर्न आतुरू देखिन्छन् ।
उनले नेपाली कांग्रेसलाई सामाजिक सन्तुलन कायम राख्ने र लोकतान्त्रिक मूल्यमा आधारित नयाँ चेतना बोकेको पार्टीका रूपमा चित्रण गरेर आफ्नो चुनावी प्रचार अगाडि बढाएका छन । यो सँगै उनले आफ्नो चुनावी प्रचारका क्रममा नयाँ चेतना राख्ने पार्टी नेपाली कांग्रेस नै हो र समाजभित्र सन्तुलन नबिगारीकन अघि बढ्ने सोच कसैसँग छ भने त्यो कांग्रेससँग मात्रै छ । उनले सन्तुलित व्यक्तित्वमा चिनिने भएको हुँदा लोकतन्त्रमा असहमति राख्ने अधिकारलाई सुरक्षित राख्नुपर्छ ।
काठमाडौँका तत्कालिक मुद्दा
गुरागाईंले काठमाडौं क्षेत्र नम्बर ७ का स्थानीय मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रिङरोड विस्तारसँगै धुलाम्मे सडकलाई हरियालीयुक्त बनाउनुपर्ने, साइकल लेन तथा अपाङ्गमैत्री पूर्वाधार निर्माणमा उनीको प्राथमिकतामा परेको छ । साथै उनले विष्णुमती र सामाखुशी क्षेत्रको फोहोर व्यवस्थापनलाई अल्पकालीन र दीर्घकालीन योजनासहित सुधारका एजेण्डा अगाडि सारेका छन् ।
निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका राजनीतिक दल र उम्मेदवार मतदातासँगको भेटघाटमा स्थानीयले उठाएका आधारभूत आवश्यकता र पूर्वाधार निर्माणसम्बन्धी समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न पहल गर्ने आश्वासन दिइरहेका छन् ।
आगामी २१ गते हुने निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ७ बाट नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंसहित नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रकाश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसहितका २७ दलसहित १० स्वतन्त्र उम्मेदवार गरी ३७ जना प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा गुरागाईको मुख्य प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का प्रकाश श्रेष्ठ, नेकपा एमालेसँग मात्रै छन् ।
यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन्। महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपि, धोबीचौर, ठहिटी, भुरुञ्खेल, ढल्को, नरदेवी, न्हयौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिकाका–३, ४, ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिकाका– १, २, ३ का रानीवन, ठूलो भर्याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन् । यस क्षेत्रमा ७८ वटा मतदान केन्द्र रहेका छन् भने मतदाता सङ्ख्या ६७ हजार ४११ जना छन ।