arrow

इरान-इजरायल युद्धमा हिजबुल्लाहको प्रवेश

दुबईमा पुनः मिसाइल र ड्रोन हमला, लेबनानी सीमाका ५० गाउँ खाली गराइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
iran-attack.jpg

काठमाडौँ । इजरायल-अमेरिका र इरानबीचको भीषण  युद्धमा अब लेबनानको सशस्त्र समूह हिजबुल्लाह पनि प्रत्यक्ष संलग्न भएको छ। हिजबुल्लाहले इजरायलका विभिन्न स्थानमा बमबारी सुरु गरेपछि इजरायलले लेबनानी सीमासँग जोडिएका ५० वटा गाउँ, दहियाह र राजधानी बेरुतका केही क्षेत्र खाली गराएको छ।

हिजबुल्लाहको गढ मानिने दहियाह क्षेत्रमा सन् २०२४ मा पनि पटक-पटक आक्रमण भएका थिए। नोभेम्बर २०२४ मा युद्धविराम भए तापनि इजरायलले त्यसको पालना नगरेको आरोप छ। यता इजरायलले भने हिजबुल्लाहले पुनः हतियार जम्मा गरिरहेको र लेबनानी सरकारले उसलाई रोक्न नसकेकाले कारबाही गर्नुपरेको दाबी गरेको छ।

युद्धबीच दुबईमा पुनः विस्फोटका खबरहरू सार्वजनिक भएका छन्। दुबईको 'एयर डिफेन्स सिस्टम'ले केही शङ्कास्पद ड्रोन र मिसाइलहरूलाई आकाशमै नष्ट गरिदिएको छ। 

दुबईका सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ। यसअघि करिब १६ घण्टा पहिले पनि दुबईको पोर्ट र बुर्ज खलिफा नजिकै आक्रमण भएको थियो।

अल-जजीराको रिपोर्टअनुसार अमेरिका र इजरायलले मिलेर हालसम्म इरानका एक हजार भन्दा बढी ठेगानाहरूमा हमला गरेका छन्। युद्धको सुरुवाती ३० घण्टामा मात्रै दुई हजार भन्दा बढी बम खसालिएका छन्।

यस भीषण बमबारीमा हालसम्म दुई सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ७४० भन्दा बढी घाइते भएका छन्। एक विद्यालयमा मिसाइल खस्दा १८० जना छात्राको मृत्यु भएको छ भने ४५ जना गम्भीर घाइते भएका छन्। गत फेब्रुअरी २८ देखि सुरु भएको यो लडाइँको पहिलो दिनमै इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ