arrow

कांग्रेसलाई भोट किन दिने ?

logo
ईश्वर पाण्डेय, 
प्रकाशित २०८२ फागुन १८ सोमबार
ishwor-panday-19-11-082.jpg.jpeg

नेपालको लोकतान्त्रिक यात्रामा नेपाली कांग्रेस केवल एउटा पुरानो र संसदमा ठूलो राजनीतिक दलमात्र होइन, नागरिक स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य-मान्यताको पहरेदारका रूपमा स्थापित नाम हो । आजको जटिल राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा नेपाली कांग्रेसलाई भोट दिनुका कारणहरू तार्किक, व्यवहारिक र भविष्य केन्द्रित छन् ।

१) मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न ।

नेपाली कांग्रेसले सधैँ मानव अधिकारको संरक्षणलाई आफ्नो मूल एजेन्डा बनाएको छ । कुनै पनि विषयमा पक्ष वा विपक्षमा बोल्न पाउने अधिकार, शान्तिपूर्ण प्रदर्शन, प्रेस स्वतन्त्रता र विचारको स्वतन्त्रता लोकतन्त्रका आधार हुन् । यी अधिकारहरू सुरक्षित रहे मात्र नागरिक सुरक्षित हुन्छन र यही प्रतिबद्धता नेपाली कांग्रेसको राजनीतिक पहिचान हो ।

२) आर्थिक स्वतन्त्रता र सम्पत्ति माथिको अधिकार कायम गर्न । उद्योग-व्यवसाय सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, श्रमको सम्मान गर्ने र सम्पत्ति माथिको अधिकार सुरक्षित राख्ने नीति बिना आर्थिक विकास सम्भव छैन । नेपाली कांग्रेस निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्य मार्फत सन्तुलित अर्थतन्त्रको पक्षमा छ । यसले उद्यमशीलता, लगानी र नवप्रवर्तनलाई प्रोत्साहन गर्छ ।

३) अर्को पटकका लागि चुनावको ग्यारेन्टी गर्न  र लोकतान्त्रिक पद्धतिको लागि निरन्तरता दिन ।

आज भोट हाल्ने अधिकार सुरक्षित रहेन भने भोलि सरकार बदल्ने अधिकार पनि रहँदैन । नेपाली कांग्रेसले बहुदलीय लोकतन्त्र, नियमित निर्वाचन, सत्ताको शान्तिपूर्ण हस्तान्तरण र संविधानको पालना सुनिश्चित गर्दै आएको छ । अर्को चुनावमा पनि नागरिकले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण जोगाउनु कांग्रेसको मूल प्रतिबद्धता हो ।

४) आन्दोलनबाट खारिएका, जवाफदेही प्रतिनिधि चयन गर्न ।

नेपालमा गत भाद्रमा भएको जेन्जी आन्दोलन पछि नेपाली कांग्रेस बदलिएको छ । १०० भन्दा बढी क्षेत्रमा नयाँ अनुहारहरुले अवसर पाएका छ । नयाँ नेतृत्व अपडेटेड भर्सन 2.0 मा आएको छ । विभिन्न आन्दोलन र संघर्षबाट नेतृत्व विकास गरेको पार्टी भएकाले नेपाली कांग्रेसका प्रतिनिधिहरू जनताप्रति जवाफदेही, पारदर्शी र सुशासनका पहरेदार बन्ने आधार राख्छन। संसद केवल सत्ता होइन, जनताको आवाज बोल्ने थलो हो भन्ने मान्यता कांग्रेसले बोकेको छ ।

५) विकास, शिक्षा र स्वास्थ्यमा व्यावहारिक नीति कार्यन्वयन गर्न ।

तीन सिफ्टमा काम गराई विकास,पूर्वाधारमा तीव्र प्रगति, शिक्षा र स्वास्थ्यलाई क्रमशः निशुल्क तथा गुणस्तरीय बनाउने, र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति कांग्रेसको प्राथमिकता हो । यसले युवा विदेश पलायन रोक्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मद्दत गर्छ ।

६) असंलग्न परराष्ट्र नीति र भू-राजनीतिक स्थिरता कायम राख्न ।

विश्व राजनीतिमा बढ्दो तनाव (जस्तै: रुस-युक्रेन युद्ध, मध्यपूर्वको संघर्ष) को बाछिटा नेपालमा नपरोस भन्नका लागि परिपक्व कूटनीति चाहिन्छ। छिमेकी र शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै नेपाललाई युद्धको चपेटाबाट जोगाउन कांग्रेसको "असंलग्न परराष्ट्र नीति" नै सर्वोत्तम विकल्प हो।

७) पुरानो भनेकै खराब होइन भन्ने भाष्य निर्मा गर्न 

पुरानो अनुभव, पुरानो देश, पुरानो भूगोल, बाबुआमा, धर्म-संस्कृति, पितृ परम्परा वा पुराना दल सबै खराब हुँदैनन् । सुधार आवश्यक छ, तर ध्वंस होइन । नेपाली कांग्रेसले परम्पराको सम्मान गर्दै आधुनिकताको मार्ग अपडेटेट भर्सन २.० बाट निरन्तर सुधार, समावेशिता र विवेकपूर्ण परिवर्तनको राजनीति गर्न अघि बढेकाले नेपाली कांग्रेसबाटै परिवर्तन सम्भव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ