arrow

आचार संहिता उल्लंघनमा गर्नेको उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
ramprasad-bhandari-82-11-17.jpg

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता पालनामा 'शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारेका हुन् । 

हालसम्म देशभरबाट आचार संहिता उल्लंघनका करिब १ हजार १ सय उजुरी परेको उनले बताए । तीमध्ये धेरैको स्थानीय स्तरमै फर्छ्यौट भइसकेको उनले बताए । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताए ।
 
उनले भने, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेजमात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा  ठूलो सजाय हो ।’

निर्वाचन आयोग कुनै पनि दबाबमा नपरी कानून बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ