arrow

युवा नीतिलाई सदनमार्फत राष्ट्रियकरण गर्ने काठमाडौँ ४ का सचिनको लक्ष्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
sachin-timilsina-kathmandu-4.jpg

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिना चुनावी घरदैलोमा व्यस्त छन् । शैक्षिक र विकास अभ्यासकर्ताको पहिचान बनाएका नेता तिमल्सिनासँग शासन, नेतृत्व, द्वन्द्व समाधान लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । 

कपन निवासी ३३ वर्षीय तिमल्सिना युवा परिचालन र संस्थागत सुधारमा निरन्तर लागेका युवा नेता हुन् । सन् २०१७ देखि २०२३ सम्म युवा कांग्रेस नेपालको संस्थापक अध्यक्ष र राष्ट्रिय संयोजकको रूपमा काम गरेको उनीसँग अनुभव छ । 

राष्ट्रिय स्वयंसेवा कार्यक्रम (२०१६–२०१७) को राष्ट्रिय संयोजकको रूपमा काम गरेका उनले देशभर दश हजार भन्दा बढी स्वयंसेवकहरूको व्यवस्थापन गरेर युवामाझ लोकप्रिय बनेका थिए ।
  
उनी पछिल्लो पटक राजनीतिमा देखा परेको लोकप्रियतावादी चरित्रप्रति सन्तुष्ट छैनन् । सस्तो लोकप्रियताले देश नबन्ने उनको दाबी छ । आफूहरू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको उनले बताए । 

तिमल्सिनाले नेपाली कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ साझा भविष्यको सपना निर्माणका लागि आएको दाबी गरेका छन् । उनी भन्छन्, ‘संसारभर विशेष गरी यो जुन पपुलिज्मको वेब आएको छ, यसले देशलाई नै गुमराहमा राख्ने काम गरेको छ ।’  

उनको उम्मेदवारीले काठमाडौँ ४ को चुनावी माहोल बदलिएको छ ।  पार्टी सभापति गगन थापाले निरन्त जित्दै आएको यो क्षेत्रमा थापाकै लिगेसीलाई लिएर तिमल्सिना मतदातामाझ पुगेका छन् । उनले नेपाल प्रिमियर लिग (२०२५), युनिटी कप (नेपाल विरुद्ध वेस्ट इन्डिज), घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा क्रिकेट कमेन्टेटरको रूपमा काम गरेका छन् । 

त्यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेड (२०२१–२०२२) मा योजना अधिकृतको रूपमा काम गरेका उनले रणनीतिक योजना र सार्वजनिक–निजी समन्वयमा योगदान पुर्याएका छन् । त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास अध्ययनमा एमए गरेका छन् ।  

मतदाता माझ उनले काठमाडौँ ४ को समृद्धि विकास, सुशासन र दीर्घकालीन योजना लिएर त्यसको कार्यान्वयनका लागि कांग्रेसको जित हुनुपर्ने बताउँदै आएका छन् । उनले चुनावी अभियानका क्रममा महिला अधिकार, लैंगिक समानता, खेलकुदको विकास, पर्यटन तथा पूर्वाधार, युवा नीतिलाई राष्ट्रिय राजनीतिमार्फ सम्बोधन गर्ने योजना बनाएका छन् । 

पपुलिज्मको तरंगले मुलुकको राजनीति सहित दिशामा नजाने उनको दाबी छ । ‘पपुलिज्मको वेबले देशलाई नै गुमराहमा राख्ने उदाहरण हामीले संसारभर देखेका छौं,’ उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ