राष्ट्रिय स्तरका एजेण्डालाई अघि बढाउन भूमिका खेल्नेछु : ईश्वर पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
2.6k
Shares
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ का एमाले उम्मेद्वार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । घरदैलोका क्रममा उनले आफ्ना योजनाहरू पनि मतदातालाई सुनाइरहेका छन् ।
उनले आफू निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेण्डालाई अगाडि बढाउनुका साथै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामलाई सँगसँगै अगाडि बढाउने बताए ।
‘निर्वाचित भएर गइसकेपछि राष्ट्रिय स्तरका एजेण्डालाई अघि बढाउन भूमिका खेल्नेछु। निर्वाचन क्षेत्रभित्रका विकास निर्माणका कामलाई निरन्तरता दिनेछु। देशको सार्वभौमिकता, अखण्डता, स्वाधिनता, स्वतन्त्रता र अभिमानको पक्षमा उभिने छु । जातीय सद्भावलाई कायम राख्ने र जनतालाई सेवा प्रवाह गर्ने कार्यसूचीमा केन्द्रित रहेर अघि बढ्ने छौँ,’ उनले भने ।
उनले निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजना पनि प्रस्तुत गरे ।
पोखरेलले जनसम्पर्कको महत्त्वलाई पनि जोड दिँदै घरदैलो कार्यक्रमको माध्यमबाट आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको सुनाए ।
उनका अनुसार, राष्ट्रिय स्तरका एजेण्डामा देशको हित र सार्वभौमिकता सुनिश्चित गर्ने निर्णयमा सधैँ सक्रिय भूमिका रहनेछ भने स्थानीय विकासका कार्यमा पनि निरन्तर निगरानी र पहल गर्ने पनि दोहोर्याए ।