arrow

मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
accident-final.jpg

मकवानपुर । मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

मृत्यु हुनेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं ८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोले छन्।

दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटाैँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फापरबारीबाट हात्तिसुडेतर्फ जानेक्रममा प्रदेश ३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल बागमती गाउँपालिका वडा नं ८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भई नालामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ