arrow

टी–२० विश्वकपको सुपर आठमा वेष्ट इन्डिज चम्कियो, जिम्बाब्वे निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
t20-wc-2026-wi-zim.jpg

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपको सुपर आठमा वेष्ट इन्डिजले शानदार प्रदर्शन गरेको छ । वेष्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो । 

भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा २५४ रन बनायो । 

शाइमन हेटमायरले ३४ बलमा ८५ तथा रोभमन पवेलले ३५ बलमा ५९ रन जोडे । 

जवाफमा जिम्बाब्वेले १७.४ ओभरमा अलआउट हुँदै १४७ रन बनाउन सक्यो । गुडाकेश मोटीले ४ तथा एकिल हुसेनले ३ विकेट लिए । 

योसँगै सुपर आठको समूह एकमा रहेको वेष्ट इन्डिज २ अंकसहित शीर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिका समान अंकसहित दोस्रो स्थानमा छ । 

भारत र जिम्बाब्वे अंकविहीन छन् । 

आज अर्को समूहका इङ्गल्याण्ड र पाकिस्तान बेलुकी भिड्दै छन् । 

यसअघि इङ्गल्याण्डले श्रीलंकालाई र न्यूजिल्याण्डले पाकिस्तानलाई हराएको थियो । आजको खेल हार्दा पाकिस्तान सेमिफाइनल प्रवेशको होडबाट बाहिरिन सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ