arrow

वीरगञ्जमा कर्फ्यु हटाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
birjung-agitation-81-2-4.jpg

काठमाडौँ । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु आदेशलाई हटाएर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९:४५ बजेदेखि लागू गरिएको कर्फ्युलाई साँझ ४:३० बजेदेखि निषेधाज्ञामा सीमित गर्ने आदेश जारी गरेका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटनाको सम्बन्धमा तीनबुँदे सहमति गरेसँगै प्रशासनले कर्फ्यु हटाउने निर्णय लिएको हो।

समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षसँग भएको छलफलका आधारमा कर्फ्युलाई निरन्तरता दिइरहनु पर्ने आवश्यकता नदेखिएकाले यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। यद्यपि परिस्थिति पूर्ण रूपमा सामान्य भइनसकेको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्ज महानगरको चारकिल्ला क्षेत्रभित्र मङ्गलबार बिहान ८:०० बजेसम्मका लागि निषेधाज्ञा भने कायम राखेको छ।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकलाई सीमा तोकेर निषेधाज्ञा जारी गरेको छ। यो अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्ने, कुनै प्रकारको भेला हुने, जुलुस निकाल्ने, प्रदर्शन गर्ने तथा सभा, बैठक वा घेराउ जस्ता कार्यहरू गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ