arrow

सुलु सागरमा गयो शक्तिशाली भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ११ सोमबार
earthquake-final-------.jpg

काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।

सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन ।

अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।

मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिएर आफ्नो नियमित कार्यमा लाग्न आग्रह गरेको छ ।

भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए ।

मलेसियाका अतिरिक्त छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत यसको हल्का धक्का महसूस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ