पेप्सीकोला छाप्रो चोक नजिक सडकमा बसबाट खसेर महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
758
Shares
काठमाडौँ। काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा४ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।