टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
651
Shares
तस्बिर : फाइल
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् ।
शनिबारको पहिलो खेल नतिजाविहीन भएको छ । खराब मौसमका कारण पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल नतिजाविहीन भएको हो । एक बल पनि नखेली खेल रद्ध भएको हो ।
कोलम्बोमा हुनुपर्ने खेल वासआउट भएसँगै दुवै टिमले समान एक अंक जोडेका छन् ।
पाकिस्तान र न्यूजिल्याण्ड सुपर आठको समूह २ मा रहेका छन् । यो समूहमा इङ्गल्याण्ड र श्रीलंका पनि रहेका छन् ।
इङ्गल्याण्ड र श्रीलंकाबीचको खेल आज दिउँसो ३ः१५ बजे शुरू हुनेछ । यो खेल श्रीलंकाको पल्लेकेलेमा हुनेछ ।
सुपर आठको समूह १ मा भारत, दक्षिण अफ्रिका, जिम्बाब्वे र वेष्ट इन्डिज रहेका छन् । आजको दोस्रो खेलमा बेलुकी ७ः१५ बजे भारत र दक्षिण अफ्रिका खेल्नेछन् । यो खेल भारतको अहमदाबादमा हुनेछ ।