arrow

बुथ कब्जा रोक्न प्रहरीको नयाँ रणनीति: मतदानस्थलमा सीसी क्यामेरा जडान गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
election-falgun2102082-1.jpg

काठमाडौँ । पर्सा प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र कडा बनाउने तयारी गरेको छ। यसै सिलसिलामा जिल्लाका १६७ वटै मतदानस्थलमा सीसी क्यामेरा जडान गरी निगरानी गर्ने योजना अघि सारिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार, निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन यो कदम चालिएको हो। फागुन १७ गतेभित्र सबै मतदानस्थललाई सीसी क्यामेरा प्रणालीमा जोडिसक्ने लक्ष्य राखिएको छ।

सीसी क्यामेराको प्रयोगले मतदान प्रक्रियालाई थप पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ। सुरक्षालाई थप मजबुत बनाउन पर्याप्त जनशक्ति परिचालन, नियमित अनुगमन र अन्य सुरक्षा निकायसँगको समन्वयलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। प्रहरीले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न आम नागरिक र सरोकारवाला सबैसँग सहयोगको अपिल समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ