काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुक्तिनाथ दर्शन गरेकी छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान मुस्ताङको जोमसोम पुगेकी प्रधानमन्त्रीले सोही क्रममा मुक्तिनाथको दर्शन गरेकी हुन् ।
जोमसोममा उनले निर्वाचनको अवस्थाका बारेमा जानकारी लिएकी छन्। उनले आजै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री आजै मुस्ताङबाट फर्किएर पोखरामा बास बस्ने शनिबार बिहान लुम्बिनी प्रदेश तालिम केन्द्रमा प्रदेश स्तरीय निर्वाचन प्रशिक्षण कार्यक्रममा सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री शनिबार नै काठमाडौँ फर्कने बताइएको छ।