arrow

आफूलाई साहित्यकारका रूपमा लिइदिन सुशीलाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
sushila-karki-83-2-23.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् । ललितपुरमा आयोजित ‘काठमाडौँ कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो जानकारी दिएकी हुन् । ्

आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गरिन् । उनले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुची भएको स्पष्ट पारिन् । 

आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाइन् । दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उनले जानकारी दिइन् । 

उक्त उपन्यास उनले सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याएकी थिइन् । 

आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उनले ती कृतिहरू ल्याउने आफ्नो योजना रहेको बताइन् । 

कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ