arrow

टी-२० विश्वकपमा स्कटल्याण्डविरुद्ध नेपालको सनसनीपूर्ण जित [फोटोफिचर]

दिपेन्द्र सिंह ऐरीले बनाए दोस्रो अर्धशतक, सोमपालको नाममा तीन विकेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
sompal-yog-ground.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले सुखद अन्त्य गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डमाथि सनसनीपूर्ण जित हासिल गरेको हो । 

भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो । १७१ रनको चुनौती नेपालले ४ बल खेल्न बाँकी छँदै ३ विकेटको क्षतिमा हासिल गरेको हो । 

नेपालको यो १२ वर्षको पहिलो जित हो । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २३ बलमा अविजित रहँदै ५० रन बनाए । उनले ३ छक्का र ४ चौका प्रहार गरे । उनी विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने नेपाली खेलाडी पनि बनेका छन् । 

उनले यो विश्वकपमा १६९ रन बनाएका छन् । उनले यसअघि एउटा अर्धशतक बनाएका थिए । उनी दुई अर्धशतक बनाउने पहिलो नेपाली खलाडी पनि हुन् । 

त्यस्तै पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले ३५ बलमा ४३ तथा आसिफ शेखले २७ बलमा ३३ रन बनाए । 

गुल्सन झाले चौथो विकेटका लागि ऐरीसँग मिलेर ७३ रनको साझेदारी गर्ने क्रममा अविजित रहँदै १७ बलमा २४ रन जोडे । 

इरहेको खेल जितका लागि नेपालले १७१ रनको चुनौती पाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको स्कटल्याण्डले ७ विकेटको क्षतिमा १७० रन बनायो । 

स्कटल्याण्डका लागि माइकल जोन्सले ४५ बलमा ७१ रन बनाए भने पहिलो विकेटका लागि जोन्ससँग मिलेर ८० रनको साझेदारीगर्ने क्रममा जर्ज मुन्सीले २९ बलमा २७ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले २५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट लिए । 

त्यस्तै कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १ विकेट लिए ।

दुवै टिम सुपर एटको होडबाट बाहिरिइसकेका छन्  स्कटल्याण्डले एक खेल जितेको छ भने नेपाल जितविहीन छ । सुखद अन्त्यका लागि नेपाल यो खेल जित्न चाहन्छ । 

नेपाल पहिलो खेलमा इङ्ग्याण्डसँग उत्कृष्ट प्रदर्शनबीच पराजित भएपछि त्यसयता कमजोर प्रदर्शन गर्दै आएको छ । नेपाल इटालीसँग सबैभन्दा खराब प्रदर्शन गर्ने क्रममा १० विकेटले पराजित भयो भने वेष्ट इन्डिजसँग ९ विकेटको हार बेहोर्यो ।

वेष्ट इन्डिजसँग ९ विकेटले पराजित

नेपाल समूह चरणको तेस्रो खेलमा वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । १३४ रनको सामान्य चुनौती वेष्ट इन्डिजले १५ ओभर २ बलमै मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।

कप्तान साइ होपले ४४ बलमा अविजित रहँदै ६१, शिम्रन हेटमायरले ३२ बलमा अविजित रहँदै ४६ तथा ब्रान्डन किङले १७ बलमा २२ रन बनाए ।

नन्दन यादवले मात्र विकेट लिन सफल भए । सन्दीप लामिछाने सबैभन्दा महँगा भए । उनले ३ ओभरमा ३८ रन खर्चे । 

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १३३ रन बनायो । मुम्बईको वाङ्खेडेको मैदानमा नेपालले २३ रन जोड्दा शुरूआती ४ विकेट गुमाएको थियो । तर अलराउन्डर दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको आकर्षक ब्याटिङले नेपालले सम्मानजनक योगफल खडा गर्यो । 

ऐरीले ४७ बलमा ५८ रन बनाए । योसँगै ऐरी टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनी नेपालका लागि विश्वकपमा दोस्रो अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । वेष्ट इन्डिजविरुद्ध दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का हान्दै ५८ रन बनाए ।  

यसअघि सुवास खकुरेलले सन् २०१४  को टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । उनले ५३ बल सामना गर्दै ६ चौका र १ छक्कासहित ५६ रन बनाएका थिए । उक्त खेल नेपालले ९ रनले जितेको थियो । 

दीपेन्द्रले जारी विश्वकपमा इङ्गल्याण्डविरुद्ध ४४ तथा इटालीविरुद्ध १७ रन बनाएका थिए । 

त्यस्तै सोमपालले १५ बलमा अविजित रहँदै २६ रन जोडे । लोकेश बमले १५ बलमा १३ रन बनए । गुल्सन झा १४ बलमा ११ रन बनाएर आउट भए । 

आसिफ शेख ११, रोहित पौडेल ५, आरिफ शेख २, कुशल भुर्तेल १ तथा करण केसी १ रन बनाएरआउट भए । जासन होल्डरले २७ रन खर्चेर ४ विकेट लिए ।

वेष्ट इन्डिज दुई पटकको च्याम्पियन हो । नेपालले भने तेस्रो पटक टी-२० विश्वकप खेलिरहेको हो । नेपालले यसअघि दुई पटकको च्याम्पियन इङ्गल्याण्डसँग मात्र चार रनको हार बेहोरेको थियो । दोस्रो खेलमा भने इटालीसँग लज्जास्पद हार बेहोर्न पुग्यो । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । 

यस्तो थियो इटालीविरुद्धको खेल

समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । 

पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि चार रनको बेहोर्ने क्रममा अनपेक्षित प्रदर्शन गरेकाले बढी नै अपेक्षा गरिएको नेपालले इटालीसँग भने १० विकेटको हार बेहोरेको हो । 

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । आरिफ शेखले २४ बलमा २७ तथा कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाएको इनिड्समा आसिफ शेखले २० तथा करण केसीले १८ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोड्न सकेनन् । क्रिशान कालुगमानेले ३ विकेट लिए । 

जवाफमा इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । एन्थोनि मोस्काले ३२ बलमा ६२ तथा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे । 

बलिङतर्फ कुनै पनि खेलाडीले सम्झनयोग्य बलिङ गरेनन्। 

भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको यो खेल हारेसँगै जोशका साथ खेल हेर्न पुगेका नेपाली प्रशंसक निराश भएर फर्केका छन् । 

यसअघि इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । 

यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ । 

नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी-२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।

यस्तो थियो इङ्गल्याण्ड विरुद्धको खेल

भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा भएको खेलमा नेपाल मात्र चार रनले पराजित भएको हो । १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो । अन्तिम ओभरमा जितका लागि १० रनको आवश्यकता रहेकामा नेपालले ५ रनमात्र बनाउन सक्यो । 

दीपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहित पौडेलले ३९ तथा लोकेश बमले २० बलमा अविजित रहँदै ३९ रन बनाए पनि टिम विजयी हुन सकेन । नेपालले मन जिते पनि म्याच भने जित्न नसकेको हो । 

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो । इङ्गल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारि ब्रुकले अर्धशतक बनाए । विल ज्याक्सले १८ बलमा अजिजित रहँदै ३९ रन जोडे । 

नेपालका लागि नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । महँगा सावित भएका कुशल भुर्तेलले ४० तथा करण केसीले ३५ रन दिए पनि विकेट लिएनन् । 

५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यस्तै ५७ रन जोड्दा तेस्रो विकेट गुमायो । फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए । 

त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले पहिलो बलमै टम बान्टनलाई एलबीडब्ल्यू आउट गरे । बान्टनले ५ बलमा २ रनमात्र बनाउन सके । 

तर चौथो विकेटका लागि ७१ रनको साझेदारी भएसँगै इङ्गल्याण्ड उच्च योगफलतर्फ अगाडि बढ्यो । सो क्रममा ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे । 

त्यस्तै १३७ रन जोड्दा इङ्गल्याण्डले पाँचौँ विकेट गुमायो । साम कुरान ८ बलमा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो विकेट लिए । 

त्यस्तै १५७ रन जोड्दा इङ्गल्याण्डले छैटौँ विकेट गुमायो । कप्तान ह्यारि ब्रुक ३२ बलमा ५३ रन बनाएर आउट भए । उनलाई नन्दन यादवले आउट गरे । नन्दनको यो दोस्रो विकेट हो । 

१७८ रन जोड्दा इङ्गल्याण्डले सातौँ विकेट गुमायो । जोफ्रा आर्चर १ रन बनाएर रन आउट भए । 

अन्तिम ओभरमा इङ्गल्याण्डले २१ रन बनायो । करण केसी महँगा सावित भए । 

समूह चरणः

नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । 

समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । 

समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् । 
 

nepal-scotland-26-2-17vvv (21).jpg
nepal-scotland-26-2-17vvv (22).jpg
nepal-scotland-26-2-17vvv (23).jpg
nepal-scotland-26-2-17vvv (24).jpg
nepal-scotland-26-2-17vvv (25).jpg
nepal-scotland-26-2-17vvv (26).jpg
nepal-scotland-26-2-17vvv (27).jpg
nepal-scotland-26-2-17vvv (28).jpg
nepal-scotland-26-2-17vvv (29).jpg
nepal-scotland-26-2-17vvv (30).jpg
nepal-scotland-26-2-17vvv (31).jpg
nepal-scotland-26-2-17vvv (1).jpg
nepal-scotland-26-2-17vvv (2).jpg
nepal-scotland-26-2-17vvv (3).jpg
nepal-scotland-26-2-17vvv (4).jpg
nepal-scotland-26-2-17vvv (5).jpg
nepal-scotland-26-2-17vvv (6).jpg
nepal-scotland-26-2-17vvv (7).jpg
nepal-scotland-26-2-17vvv (8).jpg
nepal-scotland-26-2-17vvv (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ