arrow

संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
upendra-yadhavss.jpg

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहलाई मधेसको आत्मसम्मानसँग जोड्दै त्यसको राजनीतिक महत्वबारे टिप्पणी गरेका छन् ।

अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेख्दै मधेस जनविद्रोह केवल आन्दोलन नभई मधेसको आत्मसम्मानको घोषणापत्र भएको उल्लेख गरेका हुन् ।

उनले गोली, दमन र षड्यन्त्रकाबीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेसको वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो । गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो । शहीदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ ।’

यादवले शहीदहरूको बलिदानबाट स्थापित संघीयताको आधारलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए ।

उनले संघीयताको रक्षा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको दाबी गरेका छन् ।

उनले मतदातालाई आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्व सुनिश्चित गर्ने शक्तिलाई समर्थन गर्न आह्वान गर्दै विभाजन र भ्रमभन्दा माथि उठ्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ