काठमाडौँ १० बाट भिजन १० अगाडि बढाउँदै हिमाल कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
697
Shares
काठमाडौँ । पद र नामभन्दा कर्ममा विश्वास गरेर निरन्तर जनताको सेवामा समर्पण गर्ने व्यक्तिको नाम हो – हिमाल कार्की । उनी विगत चार दशकदेखि जनताको साथमा रहेर जनताकै सेवक बनेर निरन्तर सक्रिय रहँदै आएका छन् ।
तिनै कार्की यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काठमाडौँ –१० को नेपाली कांग्रेसका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । कीर्तिपुर नगरपालिका ५ मा ०२७ सालमा पिता लोकबहादुर कार्की र माता सुभद्रा कार्कीको कोखबाट जन्मिएका कार्कीको राजनीतिक यात्रा ०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएसँगै शुरू भएको हो ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कार्कीले ०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुरको ५ वडाको अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षका रूपमा ०५४ सालमा नै सफल नेतृत्व प्रदान गर्दै कीर्तिपुरमा विकास, सुशासन र पारदर्शिताका उदाहरणीय कर्मले उनी जनताको मनमा बस्न सफल भएका छन् ।
हिजोको आन्दोलनमा देखिएको इमान, आजको राजनीतिले खोजेको उत्तरदायित्व र राष्ट्रका लागि चाहिने स्पष्ट दृष्टिकोण र भिजन भएको व्यक्ति नाम नै हिमाल कार्की हो । यस निर्वाचन क्षेत्रका जनताको नजरमा उनी एक अध्ययनशील, दूरदर्शी र स्पष्ट सोच भएका व्यक्तित्वका रूपमा परिचित छन् ।
कांग्रेसका निर्वाचित संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधिको प्रमुख सल्लाहकार र मार्गदर्शकका रूपमा नीति तथा कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्दै आएका उनले विभिन्न कालखण्डमा विविध सामाजिक तथा शैक्षिक संस्थाहरूको सफलतापूर्वक नेतृत्व गरेका छन् । कांग्रेसका प्रतिबद्ध नेता तथा लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा कार्की हाल दोश्रो पटक काठमाडौँ जिल्ला सदस्यका रूपमा संगठनमा निरन्तर क्रियाशील छन् ।
अब ‘भिजन १० हिमाल कार्की मुभमेन्ट’ को स्पष्ट मार्गचित्रसहित स्थानीय सुशासन, समुन्नति र सहकार्यको ठोस योजना लिएर उनी प्रतिनिधिसभामा जनताको सशक्त आवाज बन्ने अभियानमा अघि बढेका छन् । उनी सुशासन, समुन्नति, विकास र विश्वासको यात्रामा — साथ दिऔँ सही व्यक्ति, सही ठाउँका प्रतीक हिमाल कार्कीलाई भन्ने नाराका साथै चुनावी प्रतिस्पर्धामा छन् ।
इतिहास सम्झौताबाट होइन, संघर्षबाट बन्छ भन्ने मूर्तरूपको ज्ञाता हुन् हिमाल कार्की । जसले राजनीति दलको दास होइन, जनताको आवाज हो भन्ने बुझेको छ । उनी संघर्षको इतिहास, भरोसाको भविश्य बन्ने लक्ष्यसहित आउँदो फागुन २१ गते हुने संघ प्रतिनिधिसभाको चुनावका लागि काठमाडौ क्षेत्र १० प्रतिस्पर्धामा छन् ।
उनको यो उम्मेदवारी मात्र होइन, विचारको पक्षलाई संस्थागत गर्ने संघर्ष पनि हो । यसअघि यो निर्वाचन क्षेत्र दुई पटक लगातार नेपाली कांग्रेसकै राजन केसीले जितेको ठाउँ हो । कार्कीले यसअघिको मत मात्रै जोगाएर आफ्नो पक्षमा पार्न सकेको खण्डमा चुनाव जित्न गाह्रो छैन ।
चुनावलाई अवसरका रूपमा मात्रै नहेरी त्यहाँका नागरिकप्रतिको जिम्मेवारीलाई महत्व दिने भएकाले पनि उनलाई चुनाव सहज देखिएको छ । ०४६ सालको जनआन्दोलनमा सडकबाट उठेको एउटा निडर व्यक्तिको रूपमा हिमाल कार्कीलाई चिन्छन् । प्रजातन्त्रका लागि लाठी र गोलीसँग आँखा जुधाएको सच्चा योद्धाको रुपमा पनि चिन्न सकिन्छ ।
समयले उनलाई केवल नारामा मात्र होइन सेवामा खारिएको समाजसेवी बनाइएको छ । उनलाई, तत्कालीन वडा नं.१२ को ०५४ सालको स्थानीय तहको वडाध्यक्ष बनाई गाउँठाउँ सेवा गर्ने मौका पनि दिइएको थियो । यस्तै यस्तै अनेक घटनाक्रम र जिम्मेवारीमा सफल भएकै कारण फागुन २१ गते हुन गइरहेको संघको चुनावमा संघ प्रतिनिधिका रूपमा उभिँदा उनी कुनै आकस्मिक नेताको रूपमा वा अवसरको प्रतिनिधि स्वरूप अवतरण भएको पात्रमात्र होइन लामो संघर्षबाट निख्रिएको भरोसा पनि हुन् भन्ने सहजै बुझ्न सकिन्छ ।
‘बदलिएको कांग्रेसले अब देश बदल्छौँ’ भन्ने राष्ट्रिय नारासहित देशको १६५ वटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छ । काठमाडौँ १० को कांग्रेसको तर्फबाट कार्कीले यस क्षेत्रमा नागरिकका लागि कागजी प्रतिबद्धता होइन, यहाँका नागरिकका हरेक समस्यामा आवश्यकता अनुसार घरआँगनमै उपलब्ध हुने बाचा गर्ने सोच राखेका छन् ।
कार्की विकल्परहित पात्र हुन । यस क्षेत्रका मतदाताले हिमाल कार्कीको संघर्ष र त्यागको योगदानलाई नजिकबाट बुझेका छन् । यसअघि दुई पटकको निर्वाचनमा राजन केसीको विरासलाई कायम राख्न उनलाई सहज देखिएको प्रचारप्रसारका क्रममा स्थानीयले बताइरहेका छन् ।