arrow

अनियन्त्रित मोटरसाइकल रूखमा ठोक्किँदा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
Accident-sign.jpg

काठमाडौँ। रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डमा आज बिहान भएको एक मोटरसाइकल दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। 

झाझपुल नजिकै मोटरसाइकल अनियन्त्रित भएर सिसौको रूखमा ठोक्किँदा चालक र पछाडि सवार महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार, गङ्गापिपराबाट गौरतर्फ आइरहेको बिआर३०यु १३७१ नम्बरको भारतीय मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र पछाडि सवार यमुनामाई गाउँपालिका–४ सरुअठाकी २२ वर्षीया पुनमदेवी साह रहेका छन्। रूखमा ठोक्किँदा दुवै जनाको टाउको, मुख र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। 

दुर्घटनालगत्तै अचेत अवस्थामा रहेका उनीहरूलाई उपचारका लागि तत्कालै गौर प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे। तीव्र गति वा सडकको अवस्थाका कारण मोटरसाइकल अनियन्त्रित भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ