arrow

झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
van-accident-baglung-10-29.jpg

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल लगिएको छ ।

न्यू एभरेष्ट स्कूलको भ्यान आज दिउँसो करिब ४ः३० बजे बागलुङ नगरपालिका वडा नं ३ को झिसेमा दुर्घटना भएको थियो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ