arrow

दलित अधिकार तथा विकाससम्बन्धी विधेयक संसदमा पेस गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
rameshwor-khanal-10-28.jpg

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले दलित समुदायको हक अधिकार तथा विकाससम्बन्धी विधेयक आगामी संघीय संसद् अधिवेशनमा पेश गर्ने तयारी भइरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको प्रश्न-उत्तर कार्यक्रममा उनले उक्त विधेयक तर्जुमा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनका अनुसार ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ का आधारमा विधेयक तयार गर्ने कार्य अघि बढाइएको हो ।

उनले भने, ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१ मा आधारित भैइ दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक संघीय संसदको आगामी अधिवेशनमा पेश गर्न निर्देशन भए बमोजिम दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट यही २०८२ पुस २८ गते सिद्धान्त स्वीकृत भएको छ । सो अवधारणा पत्र बमोजिम विधेयकको मस्यौदा तयार गर्नको निम्ती नेपाल कानून आयोगसँग लिखित रुपमा अनुरोध गर्नु भन्दा अगाडि उहाँहरूले एकचोटी मौखिक रुपमा एकचोटी परामर्श गर्छौंँ भनेको हुनाले मौखिक परामर्श सकिएर लिखित रुपमा आग्रह गरेमा यो विधेयक तर्जुमा गर्छु भनेर भन्नु भएको छ । आज लिखितरुपमा नेपाल कानून आयोगलाई विधेयक तर्जुमा गर्दिनु भन्नका निम्ती संघीय मामिला मन्त्रालयबाट अनुरोध जाँदैछ ।’

मन्त्री खनालले नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८२ साल पुस २८ गते उक्त विधेयकको सिद्धान्त स्वीकृत भइसकेको बताए ।

अवधारणापत्रअनुसार विधेयकको मस्यौदा तयार गर्न नेपाल कानून आयोगसँग परामर्श प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।

उनले लिखित अनुरोध गर्नुअघि कानून आयोगसँग मौखिक परामर्श गर्ने सहमति भएको बताए ।

मौखिक परामर्श सम्पन्न भएपछि लिखित रूपमा आग्रह गरेमा आयोगले विधेयक तर्जुमा गर्ने जनाएको छ ।

मन्त्री खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल कानून आयोगलाई विधेयक मस्यौदा तयार गर्न लिखित अनुरोध पठाइने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ