टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
591
Shares
काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, फाल्गुन १ गते देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ।
यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउन पेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेन्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ। यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ। यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा आयोजना हुन लागेको हो।
‘एक्सचेन्ज विथ लभ’योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने छन्।